भनिन्छ गरिब असाहायलाई सहयोग गर्नु सबैभन्दा ठुलो धर्म हो। मानवसेवा यो पृथ्वीको सर्बोत्कृष्ठ कार्य हो। यस्तै भावनाहरुले ओत्प्रेत पालुङ्टार ५ गोरखाका युवाहरुले लकडाउनमा आफ्नो पेशा, जागिर खोसिएर समस्यामा परेका तथा गरिव निमुखा र निम्न आर्थिक अवस्थाका पालुङ्टार नगरपालिकाका १० वटै वडाहरुमा पुगि पिडितहरुलाइ खाद्यान्न लगायत राहत बितरण कार्य गरेका छन्।
जनता समाजबादी पार्टी निकट विद्यार्थी संगठन समाजबादी विद्यार्थी युनियन पालुङ्टारका संयोजक समेत रहेका लक्ष्मण गिरिको नेतृत्वमा हेल्पिङ ह्यान्डस् फर पालुङ्टार नामक अभियान चलाइ कोरोना भाइरसको बिषम् परिस्थितिले सिर्जित बन्दाबन्दीको कारण अफ्नो काम गुमाउनुपरेका तथा दैनिक ज्याला मजदुरी गरि खाने बर्गका निमुखा नागरिकहरुलाइ अभियान चलाइ सहयोग गर्न पाउँदा खुशिको अनुभूति भएको कुरा गिरिले बताए।
१० औ दिनसम्म आइपुग्दा अभियानबाट ३ लाख भन्दा धेरै रकमको राहत सामाग्री खाद्यान्न चामल, दाल, नुन, तेल, साबुन लगायत बितरण गरेका युवा विद्यार्थीहरुले आगामी दिनमा आवश्यकताको आधारमा थप राहत बितरण गर्ने बताएका छन्। राहत कार्यक्रममा देश बिदेशमा रहेका पालुङ्टारबासी दाजुभाइ, दिदिबहिनी, स्थानीय समाजसेवी/ब्यबसायी लगायतले मन खोलेर सहयोग गरेको पनि संयोजक गिरिले बताए ।
पालुङ्टारसङ्ग सिमाना जोडिएको सिरानचोक ३ मा पनि राहत बितरण गर्न तयारी गर्दै स्थानीय जनप्रतिनिधि,तह सङ्ग समन्वय गर्दै अगाडि बढेको अभियानले पालुङ्टार भित्र कुनै पनि ठाउँमा बन्दाबन्दिको कारण कोहि पनि मान्छे भोकै भएमा आफुहरुलाइ खबर गर्न पनि सार्वजनिक सुचना जारी गरेको छ।




