Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

नेपालले युएई सँग पहिला बलिङ गर्दै

नेपालले युएई सँग पहिला बलिङ गर्दै

images
  • खेलकुद
  • चैत्र ४, २०७८ शुक्रवार ११:१७ बजे
  • 886
    SHARES
  • नेपालले युएई सँग पहिला बलिङ गर्दै
    images

    ठमाडौं, चैत ४ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग टस हारेर पहिला बलिङ गर्ने भएको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा घरेलु टोली युएईका अहमद राजाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। 

    नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। विकेटकिपर विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरीलाई मौका दिएको छ। पछिल्लो खेलमा नेपालले ब्याटिङमा बढी केन्द्रित भएको थियो। शारजाहको बाउन्ड्री छोटो हुँदा ७ ब्याटर खेलाएको थियो । तर आज खेल हुने दुबईको बाउन्ड्री ठूलो छ। त्यसैले बलिङ मजबुत बनाउन कमललाई मौका दिएको हो। नेपाल आज प्रमुख तीन तीव्र गतिका बलर पार्टटाइम मध्य गतिका बलर आरिफ शेखका साथ मैदान उत्रेको छ ।

    कमलले नयाँ बलको साथ लगातार विकेट लिँदै आएका छन्। नेपाल युएईलाई हराउँदै अघिल्लो महिना ओमानमा आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को सेमिफाइनलमा हार बेहोर्दै गुमाएको विश्वकप खेल्ने अवसरको बदला लिन खोज्नेछ।

    नेपालको प्लेइङ ११ मा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, कमलसिंह ऐरी, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, सागर ढकाल, सन्दीप लामिछाने ९कप्तान० र सोमपाल कामी छन्।

     

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology