फिल्म 'शमशेरको फस्ट लुक पोस्टर सार्वजनिक भएको छ फिल्ममा अभिनेता मनिष राउत 'शमशेर' पात्रमा देखिने भएका छन् l एक्सन जनरामा बन्न लागेको निर्माण टीमले बताएका छन् र फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिन लागिएको हो lफिल्ममा अभिनेत्री भने फाइनल भैसकेको छैन l हाल निर्माण टिम अभिनेत्रीको खोजीमा छन् l फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्ममा मनिषको अलावा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ। यस फिल्ममा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ l





