Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्रीको भनाई

एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्रीको भनाई

images
  • समाचार
  • चैत्र ६, २०७८ आइतवार १३:०६ बजे
  • 310
    SHARES
  • एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्रीको भनाई
    images

    काठमाडौँ, चैत ६ । एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्। विधुत, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने बताए।

    नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, "एमसिसी नेपालका लागि फाइदा छ। यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ। ”  गृहमन्त्री खाँणले एमसिसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेको बताए। “ स्थानीय तहको निर्वाचन हुन्छ। सरकार निर्वाचनका तयारीमा लागेको छ। यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ।” उनले भने।

    उनले सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४ सै घण्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको बताए। 

    कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेसलाई जिल्लाको पहिलो पार्टीका रूपमा स्थापित गर्ने दाबी गरे। उनले भने “जिल्ला तहदेखि स्थानीय तहसम्मका सबै भातृ संस्था चलायमान बनाएर अबको निर्वाचनमा अग्रपङ्क्तिमा कांग्रेस आउने छौँ। ”

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology