Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

नेपालले आज युएईसँग खेल्दै

नेपालले आज युएईसँग खेल्दै

images
  • खेलकुद
  • चैत्र ७, २०७८ सोमवार ०९:४४ बजे
  • 985
    SHARES
  • नेपालले आज युएईसँग खेल्दै
    images

    काठमाडौं, चैत ७ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली (यूएई)को सामना गर्दैछ।

    खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। पछिल्ला खेलमा पराजित दुवै टोली आज जित हात पार्ने लक्ष्यमा छ।

    नेपाल पछिल्लो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो। यूएई पछिल्लो खेलमा पपुवा न्यु गिनीसँग ६ विकेटले पराजित भएको थियो। नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई हराएको थियो ।

    नेपाल १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । युएई १७ खेलमा ९ मा जित र ६ मा हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।

     

     

     

    images
  • सम्बन्धित विषय:

  • # neppai cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology