Logo

आइतवार, कार्तिक २ गते २०८३

ताजा अपडेट :

पार्टि होईन राष्ट्रिय झण्डामुनिबाट वडाध्यक्ष ऊठ्छु - रामचन्द्र अधिकारी

पार्टि होईन राष्ट्रिय झण्डामुनिबाट वडाध्यक्ष ऊठ्छु - रामचन्द्र अधिकारी

images
  • समाचार
  • चैत्र १७, २०७८ बिहिवार ०८:२३ बजे
  • 3.3K
    SHARES
  • images

    सिन्धुली । भर्खरै  जापानबाट नेपाल फर्किएका एक युवकले वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकेसँगै स्थानीय तहमा उम्मेद्वारी दिनेहरुको लर्को लागेको छ । त्यसैगरि अहिलेको निर्वाचनलाई हेर्ने हो भने मुलुकका विभिन्न ठाउँहरुमा पार्टी भन्दा माथि उठेर स्वतन्त्र उम्मेद्वारी दिने क्रम बढ्दो छ । त्यसैमा परेका छन् सिन्धुली सुनकोशी गाउँपालिका ३ का रामचन्द्र अधिकारी । उनले वडा नम्बर ३ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । अहिलेसम्म विभिन्न व्यक्तिहरुले वडालाई हाकेर त्यति चित्त बुझँदो काम नगरेकोले उम्मेद्वारी घोषणा गरेको बताए । उनले लुम्बिनी संचार सँग भने,“अहिलेसम्म बनेका वडा अध्यक्षहरुले विकास भनेको डाडाँ डाडाँमा डोजर चलाएर सडक बनाउनलाई मात्र माने तर शिक्षा, स्वास्थ्य, र कृषिलाई कहिलेपनि हेरेनन् । त्यसकारण मैले स्वतन्त्रबाट उम्मेद्वारी घोषणा गरेको हुँ ।” अधिकारी उच्च शिक्षा र रोजगारको लागि भनेर केही वर्ष अघि जापन गएका थिए र भर्खरै जापानबाट फर्किएका हुन् । जापानमा हुँदा नै समाज परिवर्तन गर्नुपर्छ र जन्मथलो छोडेका युवाहरुलाई गाउँनै फर्काउनुपर्छ गाउँ विकास गर्ने सोच आएको उनले बताए । आफ्नो प्रथामिकता स्वास्थ्य, कृषि र शिक्षा भएको बताए । उनले भने,“मेरो पहिलो प्रथामिकता कृषि क्षेत्रबाट वडावासीलाई स्वारोजगार बनाउने हो । दोस्रो शिक्षा यदि शिक्षाको पहुच सबैमा भएन भने हाम्रो समाज अझै दश प्रन्ध वर्षको लागि अन्धकार तर्फ धकालिन्छ त्यसैकारण सविंधानमा उल्लेख भएजस्तै नि:शुल्क शिक्षा, सफाखानेपानी, सिचाईँ र सरसफाईजस्ता कुराहरुलाई प्रथामिकता राखेर अघि बढ्ने छु ।” उनले सबैभन्दा पहिले वडामा भएका सबैलाई स्वरोजगार बनाउन पहल गर्ने बताएका छन् । “वडामा धेरै कृषि योग्य जमिन भएको तर किसानले खेती पनि गरिरहेका छन् तर त्यसको बजारीकरण हुन नसक्दा कृषक मारमा परेका छन् । त्यसैको माध्यमबाट स्वरोजगार बनाउने छु,” अधिकारीले भने । उनले दुई वर्षभित्र सरकारी स्कुल पूर्ण निशुल्क र गुणस्तरीय निजी विधालयहरु सँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान बनाउने बताएका छन् । उनले भने,“सरकारले वर्षेनी शिक्षामा लगानी गरिराखेको छ तर त्यो कसरी खर्चा भइराखेको छ । शिक्षा गुणस्तरिय भएको छैन झने खस्कँदै गइराखेको छ । त्यसलाई सुधारेर निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने बनाउँने छु ।” बिरामी भएर उपचार नपाई मृत्युको मुखमा पुग्ने दुखदायी अवस्थाको अन्त्य गर्ने बताएका छन् । वडामा निशुल्क एमवुलेन्स सेवा सुचारु गरेर स्वस्थ वडा बनाउन पहल गर्ने उनले बताए ।सभ्यसमाज र वौदिक समाज निर्माणका लागि आवशयक पर्ने पूर्वाधारहरु बनाउने पनि बताएका छन् । उनले भने,“ वडामा पुस्तकालयहरु छैनन्, सडक बनाउन डोजरमात्र कुदाइराखेका छन् स्तरोन्नती भएका छैनन्, पराम्परागत चल्दै आएका संस्कृतिक पर्वहरु मासिन लागिसके जोगाउन पहल गरेका छैन यो सबै स्त्तरोन्नती गर्ने छु ।”

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology