Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपाल तीन खेल जित्दै फाइनलमा

त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपाल तीन खेल जित्दै फाइनलमा

images
  • खेलकुद
  • चैत्र १७, २०७८ बिहिवार १६:१७ बजे
  • 484
    SHARES
  • त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपाल तीन खेल जित्दै फाइनलमा
    images

    काठमाडौँ, चैत १७ । नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाइ ३७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।

    नेपालले लगातार तेस्रो जित निकालेपछि  एक खेल अगावै फाइनलमा पुगेको हो। नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

    तेस्रो खेलमा आज जितमा लागि २०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा सबै विकेटको क्षतिमा १६६ रनमा समेटिएको थियो। पीएनजीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ रन बनाए। टोनी उराले ४३, सेसे बाउले २५, नोरमान भानुले १७ र रिले हेकुरेले ६ रन बनाए। बलिङमा नेपालका करण केसीले ह्याट्रिक सहित  पाँच विकेट लिए। सोमपाल कामी र अविनास बोहराले दुई दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २०३ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले। ऐरीले सर्वाधिक ६६ रन बनाउने क्रममा ३३ बलमा तीन चौका र चार छक्का हाने। रोहितले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४१ रन बनाए।

    ओपनर आशिफ शेखले ३८ र आदिल अन्सारीले ३१ रन बनाए। अलराउन्डर आदिलले यसै खेलबाट सिनियर टोलीमा डेब्यू गरेका थिए। अर्का ओपनर कुशल भुर्तेल १७ रनमा आउट भए।

    बलिङमा पीएनजीका कवुवा मोरेयाले तीन, रिले हेकुरेले दुई तथा नोरमान भानु र नोसईना पोकनाले एक एक विकेट लिए। लगातार तीन खेल जितेपछि नेपाल ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology