Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

images
  • खेलकुद
  • चैत्र २१, २०७८ सोमवार ११:०४ बजे
  • 685
    SHARES
  • त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र पीएनजी भिड्दै
    images

    काठमाडौँ, चैत २१ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुर स्थित टियु मैदानमा हुने फाइनल भिडन्तमा नेपाल अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा छ।

     

    दिउँसो १२:३० बजे सुरु हुने खेलमा पीएनजी पनि नेपाललाई हराएर दोहोरो उपाधि घर लैजाने दाउमा छ। टी–२० सिरिजअघि नेपालविरुद्ध दुई खेलको एकदीवसीय सिरिजमा पीएनजीले क्लीन स्वीप गरेको थियो तर टी–२० सिरिजको लिगका दुईवटै खेलमा पीएनजी नेपालसँग पराजित भएको हो।

     

    लिगका चारवटै खेलमा अपराजित नेपाल फाइनल खेलमा पनि उही लय कायम राख्दै घरेलु मैदानमा उपाधि जित्ने तयारीमा छ। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology