डेनमार्क विरुद्ध १-२ को जित निकाल्दै बेल्जियम युरो २०२० को अन्तिम-१६ मा पुगेको छ ।
खेलको दोस्रो मिनेटमै युसुफ पौल्सेनले गोल गर्दै १-० ले पछि परेको बेल्जियमले दोस्रो हाफमा दुई गोल फर्काउँदै बिहीबार राति दोस्रो जित सुनिश्चित गर्यो ।
रुसमाथि पहिलो खेलमा ३-० को जित निकालेको बेल्जियमलाई जित दिलाउन थ्रोगन हाजार्ड र केभिन डी ब्रयुनाले १-१ गोल गरे । खेलको
सुरुआतमा बेल्जियममाथि निरन्तर आक्रमण गरेको डेनमार्कले अन्तिमसम्म प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो । वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका कप्तान इडेन हाजार्डले ५५ औं मिनेटमा र डी ब्रुयनाले ७१औं मिनेटमा गरेको गोल मा बेल्जियमले जित हासिल गर्यो । बेल्जियम जितसँगै प्रि-क्वार्टरफाइनलमा पुगेको छ । बेल्जियम इटालीपछि अन्तिम १६ मा पुग्ने दोस्रो देश बनेको छ ।





