Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

१० फुटबल खेलाडी न्याय माग्दै पुगे राखेप र खेलकुद मन्त्रालयमा

१० फुटबल खेलाडी न्याय माग्दै पुगे राखेप र खेलकुद मन्त्रालयमा

images
  • समाचार
  • बैशाख २०, २०७९ मंगलवार १५:११ बजे
  • 538
    SHARES
  • images

    काठमाडौं, बैशाख २० । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दुर्व्यवहारका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै आएका १० खेलाडीले आफूहरुलाई न्याय दिन राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेका छन्।

     

    सोमबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटेर आफ्ना कुरा राखेका खेलाडीले आज राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेट्दैछन्। अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वले विवाद समाधानका लागि परिणाममुखी प्रयास नगरेकोमा चिन्तित भएको भन्दै खेलाडीहरुले मातहतका उपल्ला निकायमा प्रष्टीकरण दिन थालेका छन्।

     

    राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सुविधाको माग राख्दा कतार फुटबल फेडेरेसनको सहयोगमा नेपाल आएका कुवेती प्रशिक्षकले क्याम्प छाडेर जान भनेको आरोप खेलाडीको छ।

     

    images
  • सम्बन्धित विषय:

  • # nepali football

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology