Logo

सोमवार, कार्तिक ३ गते २०८३

ताजा अपडेट :

आईजिपी नियुक्ति प्रकरण : सरकारले अन्याय गरेको विश्वराजको भनाई

आईजिपी नियुक्ति प्रकरण : सरकारले अन्याय गरेको विश्वराजको भनाई

images
  • समाचार
  • बैशाख २२, २०७९ बिहिवार १४:१० बजे
  • 577
    SHARES
  • images

    काठमाडौं, बैशाख २२ । एआईजीका विश्वराज पोखरेलले नेपाल प्रहरीको आईजिपी नियुक्तिमा आफूलाई सरकारले अन्याय गरेको बताएका छन्।

     

    आईजीपी नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका उनले बिहीबार इजलाससमक्ष आफूलाई मरेतुल्य पारिएको जिकिर गरेका हुन्। एआईजी पोखरेलले प्रहरी संगठनमा २९ वर्ष लामो काम गरेको तर बढुवा हुँदा सरकारबाट मरेतुल्य बनाइएको भन्दै आफूलाई न्याय दिन सर्वोच्चका न्यायाधीशसँग आग्रह गरे।

     

    'कार्य सम्पादनमा म राम्रै थिएँ', उनले भने, 'ममाथि भएको यो अन्यायले मलाई मरेतुल्य बनाएको छ। एआईजी पोखरेलले आफूसँग संगठन हाँक्ने क्षमता र योग्यता रहेको भन्दै प्रहरी संगठनको जिम्मेवारी आफूले पाउनु पर्ने जिकिर गरे 

     

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology