काठमाडौं, बैशाख २९ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ।
बुधबार राति करिव साढे ८ बजे उक्त बम विष्फोट भएको हो। प्रहरीका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो। विष्फोटको कस्ले गरेको भन्ने अहिलेसम्म पुष्टि भुइसकेको छैन। यद्यपि, घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर लेखिएको छ।
घटनास्थल आसपास केही छर्राहरुसमेत फेला परेको प्रहरीको भनाई छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। बम विष्फोट भएको थाहा पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घनास्थल पुगेको थियो। विष्फोटबाट नजिकै रहेको पसलको सटरमा प्वाल परेको ।




