काठमाडौं, जेठ ३ । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले १०९ मतको अग्रता लिएकी छन्। १८ हजार ६८३ मत गणना भुइसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार रेनु दाहालले ६ हजार २४९ मत पाएकी छन्। एमालेका विजय सुवेदीले ६ हजार १४० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन्।
उप मेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६११ मत पाएर अग्रता कायम राखेका छन्। राप्रपाकी हिमला गुरुङले ५ हजार ३२ मत प्राप्त गरेकी छन्। अहिले भरतपुर महानगरको वडा नम्बर ५ को मतगणना जारी छ।




