Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

९ महिनापछि हट्यो संसदको अवरोध

९ महिनापछि हट्यो संसदको अवरोध

images
  • समाचार
  • जेठ ३, २०७९ मंगलवार १८:३९ बजे
  • 556
    SHARES
  • images

    काठमाडौं, जेठ ३ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ९ महिना पछि प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गरेको छ।

     

    बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन। आफ्नो दलले कारबाही गरेका सांसदहरूलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको थियो। बैठक सुरु हुनासाथ विशेष समय लिएर बोेल्नुभएका एमाले सांसद प्रदीप ज्ञवालीले ज्ञवालीले मुलुक राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न एमालेले विरोधको स्वरूपलाई परिवर्तन गरेको बताए।

     

    देश गम्भीर संकटमा परेका बेला पनि सरकार सत्ता सेटिङमा व्यस्त भएको उनले आरोप लगाए। ज्ञवालीले सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन आग्रह समेत गरे।

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale
  • # samsad

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology