काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २२ हजार बढी मत पाएका छन्। अहिलेसम्मको ५८ हजार ८५० मत गणना गर्दा शाहले २२ हजार ८४२ मत पाएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन्।




