काठमाडौं, जेठ ५ । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ। बालेन निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा ११२०४ मतले अगाडिछन्।
पछिल्लो प्राप्त मतगणनाअनुसार बालेन २३५८४ मत पाएका छन् भने स्थापितले १२३८० मत पाएका छन्। गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ११४९९ मत पाएकी छन्।
उपमेयरतर्फ सुनिता डंगोलले १९९५६ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामेश्वर श्रेष्ठ (एकीकृत समाजवादी) ले ६३१६ मत पाएका छन्। अन्य प्रतिस्पर्धीले दुवैलाई पछ्याइरहेका छन्।




