काठमाडौं, जेठ ५ । स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना जारी छ। अहिलेसम्म ५५ हजार ६२७ मतगणना गरिएको छ।
नगर प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता लगातार बढ्दो छ। पछिल्लो गणनाअनुसार उनले २२ हजार ८५२ मत पाएका छन् भने नेकपा (एमाले)का उमेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत ल्याएका छन्।




