काठमाडौं, जेठ ५ । स्थानीय तह निर्वाचनअन्तर्गत बिहीबार दिउँसोसम्म ५७० पालिकाको परिणाम सार्वजनिक भएको छ।
निर्वाचन आयोगले बिहीबार नियमित पत्रकार सम्मेलन गरेर ५७० तहको मतगणना सम्पन्न भएर नतिजा आएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १७४/१७४ मेयर र उपमेयर र ३९६/३९६ अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएको जानकारी दिए। उनकाअनुसार ५ हजार ६५९ वडाध्यक्ष निर्वाचित भएका छन्।
महिला सदस्यमा ५ हजार ६५३ जना निर्वाचित भएका छन्। दलित महिला सदस्यमा ५ हजार ५५६ जना निर्वाचित भएका छन्। अन्य वडा सदस्य १ हजार २९५ जना निर्वाचित भइसकेका छन्। यो गरेर कुन २९ हजार ३०३ जना जनप्रतिनिधि निर्वाचित भएको आयोगले जनाएको छ।




