काठमाडौं, जेठ ६ । पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा एमालेका टासी लामा ह्योल्मो र उपाध्यक्षमा सुनिता अधिकारी लामा भारी मत ल्याएर बिजयी भएका छन्।
नेकपा एमाले बाट उम्मेदवार बनेका लामाले ५ हजार ६०८ मत ल्याए भने कांग्रेस–माओवादी केन्द्र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दोर्जे स्याङ्बो तामाङले ४ हजार ४५ मत ल्याए।
उपाध्यक्षमा निर्वाचित अधिकारीले ५ हजार ७२२ मत ल्याइन् भने प्रतिस्पर्धी कांग्रेसकी गंगाकुमारी चापागाईंले ४ हजार ३९३ मत ल्याइन्। अघिल्लो स्थानीय तह ०७४ निर्वाचनमा पनि टासी लामा अध्यक्षमा र सुनिता अधिकारी उपाध्यक्ष निर्वाचित भएका थिए।




