काठमाडौं, जेठ ९ । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्।
जारी मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन्।
यस्तै उपप्रमुखमा एमालेका उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा रहेकी छन्। उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन्।




