काठमाडौं, जेठ ९ । काठमाडौं महानगरपालिकामा एक लाख ३७ हजार ४५२ मत गणना सम्पन्न भएको छ। जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ४६ हजार ९६६ मत पाएर अग्रस्थानमा छन्।
बालेन कांग्रेसकी सिर्जना सिंहभन्दा १८,८२५ मतले अगाडि छन्। सिंहले २८ हजार १४१ मत प्राप्त गरेकी छिन्। उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले २७ हजार २८६ मत पाएका छन्।




