काठमाडौं, जेठ ११ । नेपाल क्रिकेट संघको बैठकले २०२२ अप्रिल १ गतेबाट लागु हुने गरि राष्ट्रिय क्रिकेट टिमका खेलाडी, मैदान कर्मचारी, मैदान सहयोगी र पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ।
राष्ट्रिय पुरुष टिमका खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि गरिएको छ भने महिला टिमका सी श्रेणीका खेलाडीको ५ हजार र बी र ए श्रेणीका खेलाडीको ६ हजारको दरले पारिश्रमिक वृद्धि गरिएको छ।
यस्तै, सम्पुर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक ५ हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने निर्णय क्यानले गरेको छ।




