Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

तारा एयर विमान दुर्घटनाका सबै शव काठमाडौं ल्याइयो

तारा एयर विमान दुर्घटनाका सबै शव काठमाडौं ल्याइयो

images
  • समाचार
  • जेठ १७, २०७९ मंगलवार १४:१३ बजे
  • 577
    SHARES
  • images

    काठमाडौं, जेठ १७ । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएका सबैको शव काठमाडौं ल्याइएको छ।

     

    दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले मंगलबार विहान शव फेला पारेका थिए। दुर्घटनास्थल मुस्ताङको थासाङ–२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।

     

    सेनाले हिजो १० वटा शव काठमाडौं ल्याएको थियो । बाँकी शव आज ल्याएको हो। हिजो काठमाडौं ल्याइएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। बाँकी शवहरू पनि ल्याएर पोस्टमार्टम गरी आजै परिवारजनलाई बुझाइने भएको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology