युरोकप मा आज २ खेल
१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) समूह चरणको खेलमा समूह ‘ए’ को दुई खेलहरु हुँदैछन् । आज राति ९:४५ बजे हुने खेलमा इटालीले वेल्ससँग र सोही समयमा बाकुमा स्वीजरल्यान्ड र टर्की भिड्ने छन् । स्वीजरल्यान्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा छ । टर्की भने पहिलो अंकको खोजीमा हुनेछ ।
इटालीले यसअघिका दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाइ सकेको छ ।
आजको खेलमा जित निकाल्दै इटाली समूह विजेता बन्न चाहन्छ ।
इटालीलाई हराएर वेल्स भने नकआउट चरणमा पुग्ने योजनामा छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा स्वीजरल्यान्ड र टर्कीबीच खेल हुनेछ । हुने खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ ।
समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन ।




