काठमाडौं, जेठ १८ । झापाको भद्रपुरका लागि आज (बुधबार) बिहान उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ।
विमानमा केही समस्या देखिएपछि विमान पुन: काठमाडौं नै फर्किएको हो। विमानकाे टायरमा समस्या देखिएपछि भद्रपुरका लागि बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान भद्रपुर नपुग्दै फर्काएर ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। बुद्ध एयरको विमानमा ६९ जना यात्रु सवार थिए।
विमानलाई सकुशल अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ।




