Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

images
  • समाचार
  • जेठ १८, २०७९ बुधवार १७:२० बजे
  • 664
    SHARES
  • images

    काठमाडौँ, जेठ १८ । भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। उक्त मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ।

     

    निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ भने मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ। डिजेलको हकमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ। त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology