[काठमाडौं, जुन १९, २०२२] जीवनलाई अझ राम्रो बनाउन, व्यवसायहरूलाई
स्मार्ट र समाजलाई थप समावेशी बनाउन मद्दत गर्ने ICT सोलुसनहरू
साझेदारी गर्ने लक्ष्यका साथ ह्वावेले ICT फाउन्डेसन नेपाल र ह्वावे द्वारा
संयुक्त रूपमा आयोजित ह्वावे डिजिटल नेपाल कनक्लेभमा आफ्नो
“लाइटिंग अप द फ्यूचर” (Lightning up the future) प्रदर्शनी आयोजना
गरेको थियो ।
२ दिने प्रदर्शनीमा सरकार, दूरसञ्चार र समग्र ICT क्षेत्रका ६०० भन्दा बढी
अतिथिहरुले अवलोकन गरेका थिए । उक्त प्रदर्शनीलाई संघीय लोकतान्त्रिक
गणतन्त्र नेपालका माननिय उपराष्ट्रपति - नन्दकिशोर पुन, सञ्चार तथा सूचना
प्रविधि मन्त्री - ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्रीका
माननीय सचिव - वैकुण्ठ अर्याल, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक
कुलमान घिसिङ लगायत सरकारका विशिष्ट व्यक्तित्वहरुले अनुग्रहण गर्नु
भएको थियो ।
ICT प्रविधिको विश्वव्यापी अडप्सन र “Gigaverse”MBB नेटवर्कहरू, नेटवर्क
फर क्लाउड, ग्रीन ICT, 5G र यसको प्रयोगका केसहरू, ह्वावेको पब्लिक र
हाइब्रिड क्लाउड सोलुसन र ह्वावेको डेटा सेन्टर सोलुसन प्रस्तुतीकरणहरूसित यो
आउँदो दशक कस्तो देखिन्छ भन्ने कुरा प्रदर्शनीमा ह्वावेको “इन्टेलिजेन्ट र्वल्ड
२०३०”को भिजनले प्रस्तुत गरेको थियो ।
कनक्लेभमा ह्वावेका ग्लोबल पब्लिक सर्भिस इन्डस्ट्री विशेषज्ञ प्याट्रिक
लाओले दिगो वृद्धि हासिल गर्नको लागि डिजिटल रूपान्तरण र
प्रयोगकर्ता-केन्द्रितताको आवश्यकता बारे कुरा गर्नुभयो । उहाँले ह्वावेको
“इन्टेलिजेन्ट-टुइन आर्किटेक्चर” कसरी डिजिटल रूपान्तरणको लागि
सक्षमकर्ता हो भनेर प्रदर्शन गर्नुभयो । ह्वावेको “इन्टेलिजेन्ट-टुइन
आर्किटेक्चर” Cloud+AI सोलुसन हो जसले इनोभेटिभ एप्लिकेसनहरूलाई
समर्थन गर्न क्लाउड, नेटवर्क, एज र उपकरण मार्फत बनेको सही
पूर्वाधारमा जोड दिन्छ ।
ह्वावे डिजिटल नेपाल कनक्लेभ उद्घाटन समारोहमा आयोजित विशेष
मन्तव्यमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले आर्थिक
विकासमा ICT को भूमिकालाई उजागर गर्नुभएको थियो । उहाँले भन्नुभयो,
“डिजिटल अर्थतन्त्रले महामारीपछिको रिकभरीलाई इन्धन दिनेछ । २०२० मा
विश्वको GDP २.८% ले घट्यो तर ICT लगानी ५% ले बढ्यो । सन्
२०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५०% डिजिटल अर्थतन्त्रमा परिणत हुने
अपेक्षा गरिएको छ । डेटा स्टोरेजको लोकलाइजेसन प्रवृत्तिका बारेमा बोल्दै
उहाँले भन्नुभयो, “नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डेटा सेन्टर
हुनु अहिलेको आवश्यकता हो । यो नेपाली नागरिकको तथ्यांक सङ्कलन र
संरक्षण मात्र होइन, एकीकृत सरकारी सेवाहरू उपलब्ध गराउन र साँच्चै
डिजिटल नेपालको आधारशिलाको रूपमा काम गर्न आवश्यक छ ।”उहाँले
नेपालको डिजिटल रूपान्तरणको सम्भावनालाई साकार पार्न विश्वव्यापी र
गुणस्तरीय ब्रोडब्यान्ड कभरेजको आवश्यकतालाई पनि औंल्याउनु भयो ।




