Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

वेल्स स्तब्ध : इन्जुरी समयको अन्तिममा इरानको दुई गोल

वेल्स स्तब्ध : इन्जुरी समयको अन्तिममा इरानको दुई गोल

images
  • खेलकुद
  • मंसिर ९, २०७९ शुक्रवार १८:४६ बजे
  • 274
    SHARES
  • वेल्स स्तब्ध : इन्जुरी समयको अन्तिममा इरानको दुई गोल
    images

    कतारमा जारी विश्वकप फुटबलमा इरानले  १० खेलाडीको वेल्समाथि इन्जुरी समयको अन्तिम समयमा दुई गोल गर्दै सानदार जित निकालेको छ । शुक्रबार साँझ अहमेद विन अली स्टेडियममा  भएको खेलमा इरानले वेल्सलाई २–० गोलले हरायो ।

    वेल्सका गोलरक्षक वायन हेनेसी रातो कार्ड पाउँदै रोचक खेलको ८६औं मिनेटमा बाहिरिएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इरानका स्ट्राइकरलाई डिबकस बाहिर आएर लडाएपछि रेफ्रीले भिएआरको सहायतामा हेनेसीलाई रातो कार्ड देखाएका थिए । 

    दोस्रो हाफको इन्जुरी समयमा रुज्बेह चेस्मीले गोल गर्दै इरानको उत्साह जगाउनुभयो । उहाँले डिबक्स बाहिरबाट सोझै गोल गर्नुभएको थियो । त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा काउन्टर अट्याकमा रमिन रेजानले गोल गर्दे इरानलाई जिताउनुभयो ।

    यससँगै इरानले समूह ‘बी’ मा दुई खेलबाट तीन अंक बनाएको छ । इरानले अघिल्लो चरणमा पुग्ने सम्भावना समेत जिवित राखेको छ । पहिलो खेलमा इरान इङ्ल्यान्डसँग ६–२ गोलले पराजित भएको थियो । समूहमा इङ्ल्यान्डको पनि तीन अंक छ ।

    आजै राति १२:४५ बजे इङ्ल्यान्डले दोस्रो खेलमा  अमेरिकाको सामना गर्नेछ । वेल्स र अमेरिकाको एक एक अंक छ । समूहको पहिलो खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । एजेन्सी

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology