Logo

आइतवार, कार्तिक २ गते २०८३

ताजा अपडेट :

सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु

सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु

images
  • समाचार
  • चैत्र १५, २०७९ बुधवार १८:०७ बजे
  • 136
    SHARES
  • images

    सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु

     

    चैत १५ गते ।  आर्यालोकितेश्वरको मूर्ति  अर्थात् सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु भएको छ । आर्यालोकितेश्वर र  करुणामयको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि मनाउने चलन छ ।  

    आज  रथयात्रा  घण्टा घरबाट असन चोक ल्याइँदैछ ।  सेतो मच्छिन्द्रनाथलाई विधिवत् रूपमा पुजारीहरूले निकालेपछि रथमा राखेर रथलाई जमल, रत्नपार्क, भोटाहिटी हुँदै आज असन पुर्‍याइन्छ । त्यस्तै भोलि असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका र १७ गते हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै रथलाई लगन पुर्‍याइन्छ ।

    यसैगरी, चैत १८ गते लगन आमा रुख परिक्रमा, चैत १९ गते लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म पुर्‍याइन्छ ।

     १० औँ शताब्दीमा मल्लयुगमा सेतो मच्छिन्द्रनाथको मन्दिरनिर्माण गरिएको विश्वास छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # machhindranath

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology