चैत १२ गते । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा हुनुभएका वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको थियो । नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक कुँवरले आज आइतबारदेखि कार्यभार सम्हाल्दै हुनहुन्छ ।





