Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

थ्रीस्टारलाई खप्तड गोल्डकपको उपाधि

थ्रीस्टारलाई खप्तड गोल्डकपको उपाधि

images
  • खेलकुद
  • चैत्र १८, २०७९ शनिवार १९:४६ बजे
  • 514
    SHARES
  • images
    धनगढी, चैत १८ गते। धनगढीमा भएको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ। 

    साबिक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई  थ्रीस्टारले २-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक सर्वाधिक पुरस्कार राशिको खप्तड गोल्डकपको उपाधि चुमेको हो।

    मनाङ मर्स्याङ्दीको भने तीन पटक खप्तड गोल्डकप च्याम्पियन बन्ने सपना यो पराजय संगै चकनाचुर भएको छ।  मनाङ मर्स्याङ्दीले यसअघि दुई पटक खप्तड गोल्डकको उपाधि जितेको थियो। यस्तै यस वर्ष तीन वटा गोल्डकपको उपाधि जित्ने अवसरबाट पनि यो हारले मनाङ मर्स्याङ्दीलाई वञ्चित गराएको छ। यसै वर्ष  मनाङ मर्स्याङ्दीले तिलोत्तमा गोल्डकप र मकवानपुर गोल्डकपको उपाधि जितेको थियो। 

    थ्रीस्टारले जितसँगै  २१ लाख रुपियाँ पुरस्कारसहित ट्रफी पाएको छ। उपविजेता बनेको मनाङले भने १० लाख रुपियाँ पुरस्कारमा चित्त बुझाएको छ। 

     

    images
  • सम्बन्धित विषय:

  • # football
  • # KHAPTAD GOLD CUP
  • # ANFA

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology