Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

१०३ वर्षीया बृद्धाले पाइन् नागरिकता

१०३ वर्षीया बृद्धाले पाइन् नागरिकता

images
  • समाचार
  • बैशाख २४, २०८१ सोमवार १०:३७ बजे
  • 256
    SHARES
  • images

    बसन्त भण्डारी/न्युज कारखाना

    मकवानपुर, २३ वैशाख । मकवानपुरको विकट मानिने राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ७ मा बस्दै आएकी ज्येष्ठ नागरिक माजनी प्रजाले १ सय ३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईको नेतृत्वमा गएको टोलीले प्रजाको घरमै पुगी नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो। 

    प्रमुख जिल्ला अधिकारी सेडाईले विभिन्न कारणले नागरिकता नपाएका नागरिकलाई स्थलगत अध्ययन गरी घरघरमै पुगेर नागरिकता प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको बताएका छन्।

     उनले भने, '१०३ वर्षसम्म प्रजा सरकारबाट पाउनुपर्ने सुविधाहरूबाट वञ्चित हुनुभएको थियो। हामीलाई उहाँबारे जानकारी आएपछि प्रक्रिया सुरु गर्यौ। प्रक्रिया पूरा भएपछि घरमै पुगेर नागरिकता हस्तान्तरण गरिएको छ। अब उहाँले सरकारबाट पाउनुपर्ने सेवा सुविधा पाउनुहुनेछ।'

    प्रमुख अधिकारी सेडाईले नागरिकता प्राप्त गर्न सक्ने अवस्था भएतापनि अपाङ्गता, असक्तता, ज्येष्ठ नागरिक भएकै कारण कारण कार्यालयसम्म आउन नसकेका नागरिकहरूलाई घरदैलोमै पुगेर नागरिकता प्रमाणपत्र वितरण गर्ने क्रम जारी रहने बताए। यसअघि पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी गाउँपालिकामा असक्त नागरिकलाई घरमै पुगी नागरिकता प्रदान गरेको थियो।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology