Logo

आइतवार, कार्तिक २ गते २०८३

ताजा अपडेट :

सर्वोच्चको अन्तरिम आदेश : युवराज कार्कीलाई राजदूत नियुक्त नगर्नु

सर्वोच्चको अन्तरिम आदेश : युवराज कार्कीलाई राजदूत नियुक्त नगर्नु

images
  • समाचार
  • आषाढ १३, २०७८ आइतवार २१:३५ बजे
  • 811
    SHARES
  • images

    काठमाडौं । बहराइनको लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस भएका युवराज कार्कीको योग्यता नपुगेको भन्दै निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यन्वयन नगर्न भनेको हो ।

    उनलाई राजदूतमा नियुक्तिका लागि सरकारले वैशाख २५ गते सिफारिस गरेको थियो ।

    पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्नातक उपाधी हासिल गरेको हुनु नपर्ने भन्ने निर्देशिकालाई अदालतले अस्वीकार गरेको छ ।

    नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका युवराज कार्की पूर्व सामान्य

     प्रशासन मन्त्री हुन् । उनी यसअघि २०७२ सालमा केपी ओली प्रधानमन्त्री भएको बेला कोरियाको लागि राजदूत सिफारिस भए पनि कांग्रेस माओवादी गठबन्धन सरकार बनेपछि उनको नियुक्ति भएको थिएन ।

     

     

     

    1.jpg2.jpg

    images
  • सम्बन्धित विषय:

  • # अन्तरिम आदेश

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology