Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

युरोकप फुटबल : क्रोएसियालाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

युरोकप फुटबल : क्रोएसियालाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

images
  • खेलकुद
  • आषाढ १५, २०७८ मंगलवार ०७:४७ बजे
  • 991
    SHARES
  • images

    असार १५। गएराति डेनमार्कको कोपनहेगनस्थित पार्केन स्टेडियममा भएको रोमाञ्चक खेलमा खेलमा क्रोएसियालाई ५-३ गोल ले पराजित गर्दै स्पेन सन् २०१२ पछि पहिलो पटक युरोकपमा क्वाटरफाइनलमा पुगेको हो । निर्धारित समयको खेल ३-३ को बराबरी भएपछि स्पेनले अतिरिक्त समयमा दुई गोल गर्दै खेल जितेको हो । स्पेनले क्रोएसियालाई एक गोल उपहार दिएको थियो ।युरोकपमा एक खेलमा भएको यो दोस्रो धेरै गोल हो । यसअघि सन् १९६० को पहिलो संस्करणको पहिलो खेलमै फ्रान्स र युगोस्लाभियाबीचको खेलमा ९ गोल भएको थियो

    सन् २००८ र २०१२ मा लगातार युरो उपाधि जितेको स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो भने २०१६ को युरो र २०१८ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो ।

    Spain-1.jpgस्पेनले अब क्वाटरफाइनलमा स्वीट्जरल्याण्डसँग खेल्नेछ

    images
  • सम्बन्धित विषय:

  • # युरोकप
  • # क्रोएसिया
  • # स्पेन

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology