Logo

आइतवार, कार्तिक २ गते २०८३

ताजा अपडेट :

संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

images
  • समाचार
  • श्रावण ४, २०७८ सोमवार १७:०७ बजे
  • 1.9K
    SHARES
  • संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा
    images

    काठमाडौँ,  

    नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ । संयुक्त राष्ट्र सङ्घको १२ शान्ति स्थापनार्थ मिशनमा सहभागी नेपाली सेना राष्ट्र सङ्घको वरियता सूचीमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा उक्लिएको हो ।

    राष्ट्र सङ्घले विभिन्न मिसनमा फौजको सङ्ख्या घटाइरहेका बेला नेपालको राम्रो कार्य क्षमताका कारण सङ्ख्या थपको माग भइरहेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।

    विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रमध्ये सङ्ख्याका आधारमा बङ्गलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा क्रमश अग्रणी छन् ।

    images
  • सम्बन्धित विषय:

  • # संयुक्त राष्ट्र सङ्घ

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology