Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

गठबन्धन बचाउने र एमसीसीलाई निकास दिने विषयमा छलफल

गठबन्धन बचाउने र एमसीसीलाई निकास दिने विषयमा छलफल

images
  • समाचार
  • फाल्गुण ५, २०७८ बिहिवार १६:१७ बजे
  • 802
    SHARES
  • images

    काठमाडौं, फागुन ५ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसीलाई निकास दिने विषयमा छलफल जारी रहेको बताउनुभएको छ।

    बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा गठबन्धन बचाउने र एमसीसीलाई निकास दिने विषयमा छलफल भएको उहाँको भनाइ छ।

    ‘एमसीसीलाई कसरी निकास दिने र गठबन्धन बचाउने विषयमा छलफल भइराखेको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सकेसम्म गठबन्धन बचाउनेमा हाम्रो जोड छ ।’ सत्तारुढ गठबन्धनमा रहेका माओवादी, समाजवादी पार्टीसँगै जनता समाजवादी पार्टीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो।

    छलफलमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसमेत सहभागी हुनुहुन्थ्यो। पछिल्लो राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा छलफल गर्न बिहीबार साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ।बिहीबार बिहान मात्र प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology