Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

नेपाललाई क्यानडाको ८१ रनको सामान्य लक्ष्य

नेपाललाई क्यानडाको ८१ रनको सामान्य लक्ष्य

images
  • समाचार
  • फाल्गुण ९, २०७८ सोमवार १६:५८ बजे
  • 400
    SHARES
  • नेपाललाई क्यानडाको ८१ रनको सामान्य लक्ष्य
    images

    काठमाडौं, फागुन ९ ।  ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई क्यानडाले जम्मा ८१ रनको विजयी लक्ष्य दिएको छ ।

    ओमान क्रिकेट एकेडेमी मैदान-१ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सवै विकेटको क्षतिमा ८० रन बनायो । क्यानडाका लागि डिलोन हेलिगरले अविजित सर्वाधिक २४ रन बनाए, कप्तान नवनित ढालिवालले १८, ओपनर रायन पठानले १४ र सलमान नाजरले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

     

    क्यानडालाई सस्तैमा रोक्न बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने कमल ऐरी र अभिनास बोहोराले दुई दुई तथा कुशल मल्लले एक एक विकेट लिन सफल भए। 

     

    नेपाल क्यानडालाई हराए समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुग्ने  छ । नेपाल समूह ‘बी’ को विजेता बनेमा सेमिफाइनलमा ‘ए’ को उपविजेता यूएई र उपविजेत बनेमा उमूह ‘ए’ को विजेता आयरल्यान्डसँग खेल्नेछ ।

     

     

     

     

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology