काठमाडौं, फागुन ११। बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल हुने भएको छ।
संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषयमा छलफल प्रस्तुत हुने उल्लेख छ । संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजे बस्दै छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
अर्थमन्त्री जनार्दश शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।’ संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए।




