काठमाडौं, फागुन १२ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा संवैधानिक रिटको रुपमा दर्ता भएको छ ।
सर्वोच्चका प्रवक्ता बिमल पौडेलले महाभियोगविरुद्ध दुई रिट दर्ता भएको जानकारी दिए । उनले एउटा रिट दर्ता भइसकेको र अर्को दर्ता हुने क्रममा रहेको बताए।
महाभियोगविरुद्ध अधिवक्ता पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले संवैधानिक रिट दर्ता गर्नुभएको हो । रिटमा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग लगाइएको भन्दै महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी गरेका थिए । रिट संघीय संसद् सचिवालय, सभामुखलगायतलाई विपक्षी बनाइ दर्ता भएको छ ।




