Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

टुँडिखेलमा नेपाली सेनाले मनायो सेना दिवस

टुँडिखेलमा नेपाली सेनाले मनायो सेना दिवस

images
  • समाचार
  • फाल्गुण १७, २०७८ मंगलवार १६:५३ बजे
  • 1.1K
    SHARES
  • टुँडिखेलमा नेपाली सेनाले मनायो सेना दिवस
    images

    काठमाडौँ, फागुन १७ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष कार्यक्रम गरी मनाइयो।

    नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।

    सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेर मनायो। समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत राइफलद्वारा पाटा–पाटा लहरे र एकट्ठा प्रस्तुत गरियो ।

    सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । त्यस क्रममा स्वस्तिक चिह्न, शिव वन्दना र राष्ट्रभक्ति भावको गीत सङ्गीतसमेत प्रस्तुत भयो । सैनिक मञ्चमा मास पिटीका साथैै तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । समारोहमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत गरियो ।

    उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन, हेलिकप्टर प्रदर्शनी, सैनिक ब्यान्डबाट ब्यान्ड डिस्प्ले गरियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भयो । समारोहमा बेलायती गोर्खा ब्रिगेडको एक टुकडीले ब्यान्ड डिस्प्ले प्रस्तुत ग-यो ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology