Logo

आइतवार, कार्तिक २ गते २०८३

ताजा अपडेट :

आइएमई फाउन्डेसन द्वारा नेपाल सरकारलाई तीन करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग

आइएमई फाउन्डेसन द्वारा नेपाल सरकारलाई तीन करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग

images
  • समाचार
  • जेठ १८, २०७८ मंगलवार १९:०१ बजे
  • 2.2K
    SHARES
  • images

    आइएमई फाउन्डेसन द्वारा नेपाल सरकारलाई तीन करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग

    काठमाडौं, १८ वैशाख । मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच आइएमई फाउन्डेसनले नेपाल सरकारलाई कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई आइ एम ई फाउन्डेसनका संरक्षक तथा आइ एम ई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइ एम ई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले  संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे ।

    फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र सिभिल अस्पताल काठमाडौंलाई हरेकलाई २० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको आइ एम ई समूहका प्रवक्ता राजु पौडेलले जानकारी दिए ।

    पौडेलका अनुसार फाउन्डेसनले विभिन्न समूदायहरुद्वारा सञ्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब रु १,२८,००,००० बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको छ ।

    ramu-sir.jpgChandra_Dhakal_.jpg

     

     

    images
  • सम्बन्धित विषय:

  • # आइएमई
  • # चन्द्र ढकाल
  • # हेमराज ढकाल

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology