काठमाडौँ, चैत ६ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनका लागि यही चैतभित्रै उम्मेदवारको टुंगो लगाउने बताएका छन्।
नेपाल प्रेस युनियनले आइतवार सल्यानमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले विधान अनुसार पार्टीका विभिन्न तहका समितिले चैत मसान्तभित्रै उम्मेदवार टुंगो लगाउने बताएका हुन्। विगतमा जस्तो उम्मेद्वारी दर्ता गर्ने अन्तिम दिनसम्म अलमल नगरिने भन्दै उनले उम्मेद्वार छान्ने अधिकार विभिन्न तहमा विकेन्द्रित भएकाले समयमै टुंगो लग्ने बताए।
तल्लो तहका समितिले उम्मेदवार टुंग्याउन नसकेर विवाद भएमात्रै केन्द्रले हस्तक्षेप गर्ने प्रवक्ता महतको भने। स्थानीय चुनावमा स्थानीय आवश्यकताका आधारमै गठबन्धन बन्ने भन्दै डा। महतले यसबारे पार्टीको ११ चैतमा बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए।




