काठमाडौं, चैत ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन्
काठमाडौं, चैत ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन्। मंगलबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरु पार्टीले हारेमा देशले नहार्ने दाबी गरे।
लामो संघर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी-विदेशी प्रतिक्रियावादीबाट भइरहेको भन्दै उनले परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुने उनको भनाइ थियो। यसका लागि आक्रामक ढंगले गएर प्रतिक्रियावादीविरुद्ध जनतालाई आन्दोलित र संगठित गर्नुपर्नेमा उनले जोड दिए। उनले कार्यकर्ताहरुलाई भने, ‘हाम्राविरुद्ध षड्यन्त्र गर्ने, धाँधली गर्न चाहनेलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्।’
उनले गठबन्धन होला र खाउँला भन्ने कुरा अहिले दिमागबाट हटाइदिन पनि आग्रह गरे। उनले भने, ‘यद्यपि हामी गठबन्धन विरोधी होइन, हामीले नै गठबन्धन बनाएको हो, गठबन्धनको रक्षा गर्न धेरै ठुलो त्याग गरेका छौं।’
। मंगलबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरु पार्टीले हारेमा देशले नहार्ने दाबी गरे।