Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

निर्वाचनमा गठबन्धनबारे काँग्रेसले आज निर्णय गर्ने

निर्वाचनमा गठबन्धनबारे काँग्रेसले आज निर्णय गर्ने

images
  • राजनीति
  • चैत्र १५, २०७८ मंगलवार १२:४० बजे
  • 946
    SHARES
  • निर्वाचनमा गठबन्धनबारे काँग्रेसले आज निर्णय गर्ने
    images

    काठमाडौैं,चैत १५ । नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे आज निर्णय गर्ने भएको छ। काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे आज निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

    बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन्। गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो।

    प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूह गठबन्धन बिना नै निर्वाचनमा जानुपर्ने धारणा सार्वजनिक भइसकेको छ। कांग्रेसको आजको बैठकले आधिकारिक धारणा दिने प्रवक्ता महतले जानकारी दिए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology