काठमाडौं, चैत ३० । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। बुधबार थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा भएको कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्ने समहति भएको हो।
एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपाल स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठबीच पाँच बुँदे सहमति भएको हो। देशभरीका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गेरे उम्मेदवार उठाउने सहमति भएको छ।
राप्रपा नेपालले उम्मेदवार नभएका ठाउँहरुमा नेकपा एमालेका उम्मेदवार सघाउने र नेकपा एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने समहति भएको छ।
त्यस्तै, राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने। निजहरु निर्वाचित भएपश्चात् पनि राप्रपा नेपालमै आवद्ध रहेन र हस्ताक्षरकर्ताले सहमति कार्यान्वयनका लागि आ–आफ्ना पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने सहमति भएको छ।




