Logo

आइतवार, कार्तिक २ गते २०८३

ताजा अपडेट :

नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्दै

images
  • राजनीति
  • बैशाख २, २०७९ शुक्रवार १३:०२ बजे
  • 493
    SHARES
  • images

    काठमाडौं, बैशाख २ । एएफसी एसियन कप छनोट अघि नेपाल राष्ट्रिय फुटबल टोलीले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

     

    शुक्रबार पहिलो दिनको प्रशिक्षणपछि दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको तयारीका लागि तीन अभ्यास खेल खेल्ने तयारी गरेको बताए।

     

    अल्मुताईरीले छनोट अघि अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताएका छन्। यस्तै, कुवेत र कतारी क्लबसँग समेत मैत्रीपूर्णको योजना भएको उनले जानकारी दिए। टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले प्रशिक्षणमा डाकिएका २५ मध्ये कप्तान किरण चेम्जोङ र देवेन्द्र तामाङबाहेक सबै प्रशिक्षणमा सामेल भएको बताए।

     

    छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ। नेपालले जुन ८ मा जोर्डनसँग, जुन ११ मा कुवेतसँग तथा जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali football

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology