काठमाडौं, बैशाख ११ । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवार बन्न लागेका केशव स्थापितले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन्।
काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापितले वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
आजैदेखि लागू हुने गरी स्थापितले राजीनामा दिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि भरतपुरको मेयर बन्न विजय सुवेदीले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए।




