काठमाडौं, बैशाख १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ औं मनमोहन स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस घोषणापत्रका दर्जनौं ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसलाई पागलहरूको प्रलाप भएको बताएका छन्।
अध्यक्ष ओलीले भने, ‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो। घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ। बाटो किन चौडा बनाएको? रेल किन ल्याएको? पाइपलाइन किन चाहियो? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ?’
अध्यक्ष ओलीले गठबन्धन नगर्दा कतै पनि जित्न नसक्ने अवस्थामा पुगेको कांग्रेसले कम्युनिस्ट पार्टी कब्जा गर्न नसकेपछि भागेका प्रचण्ड माधवहरुको बैशाखी टेकेर अघि बढ्न खोजेको ओलीले आरोप लगाएका छन्। तत्कालीन अवस्थामा नेकपामा पुष्पलालविरुद्ध केशरजंग रायमाझीहरूले प्राविधिक बहुमत देखाएर हटाएजस्तै आफूमाथि प्रचण्ड–माधवले आफैंले दिएको बहुमत देखाएर षड्यन्त्र गरेको उनले बताए।




