Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

गृहमन्त्रीलाई भरतपुरका बागी उम्मेदवार पौडेलको जवाफ: यो सम्भव छैन

गृहमन्त्रीलाई भरतपुरका बागी उम्मेदवार पौडेलको जवाफ: यो सम्भव छैन

images
  • राजनीति
  • बैशाख १५, २०७९ बिहिवार १३:०३ बजे
  • 997
    SHARES
  • images

    काठमाडौं, बैशाख १५ । महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई उम्मेदवारी फिर्ता लिन नसकिने जवाफ दिएका छन्।

     

    आज बिहान गृहमन्त्री खाँणलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ आफूले दिएको बताए।

     

    उनले भने, ‘नोमिनेसन फिर्ता गर्दिनुस् भन्ने उहाँको भनाइ हो। म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु भनेर मैले भनें। ‘यो चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरुको भविष्यसँग जोडिएको कुरा हो। यो मैले एक्लै निर्णय गर्ने विषय होइन। त्यसो भएको हुनाले मलाई गाह्रो छ। यो गर्न म सम्भव देख्दिनँ।’

     

    गृहमन्त्री खाँणले फेरि छलफल गर्ने प्रस्ताव राखेको र आफूले हुन्छ भनेको जानकारी पनि उनले बताए। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology