Logo

आइतवार, कार्तिक २ गते २०८३

ताजा अपडेट :

ओलीको पार्टी प्रजातन्त्रको खिलाफमा छ : देउवा

ओलीको पार्टी प्रजातन्त्रको खिलाफमा छ : देउवा

images
  • 643
    SHARES
  • images

    काठमाडौं, बैशाख २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जिते राजतन्त्र फर्किने र संसद भंग गरिदिने भन्दै गठबन्धनका उम्मेदवारले देशभरी नै जित्न जरुरी रहेको बताएका छन्।

     

    पोखरा महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओली स्वयं र नेकपा एमाले गणतन्त्रको विपक्षमा रहेको आरोप लगाए। उनले भने, ‘ए बाबा, ओलीले जित्यो भने संसद राख्छ ? भोलि नै भंग गरिदिन सक्छन्। ओली र उनको पार्टी प्रजातन्त्रको खिलाफमा छ, गणतन्त्रको खिलाफमा छ। म गठबन्धनले बनाएको प्रधानमन्त्री होइन? अनि हामीले अरु पार्टीलाई सघाउनु पर्दैन?’

     

    गठबन्धनको भागबण्डामा असन्तुष्ट रहेका कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धन बचाउनका लागि पोखरामा गठबन्धनकै उम्मेदवारलाई जिताउनुपर्ने बताए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # sher bdr deuwa

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology